वैदेशिक रोजगारीमा जानेको संख्या अहिले सम्मकै धेरै

  Sampatti News

August 1, 2023

काठमाडौँ । आर्थिक वर्ष २०७९ र ८० मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्याले ऐतिहासिक रेकर्ड कायम गरेको छ। यो आर्थिक वर्ष सात लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो। नयाँ श्रम स्वीकृति लिने चार लाख ९४ हजार २२४ छन् ।
आर्थिक वर्ष २०७९ र ८० मा मलेसियाका लागि सबैभन्दा धेरै दुई लाख ५९ हजार ५९४ जनाले श्रम स्वीकृति लिएका छन्। यो कुल सङ्ख्याको ३३.६५ प्रतिशत हो ।

अन्य खाडी मुलुकमा भन्दा मलेसियामा काम गर्न स्वतन्त्र भएका कारण पनि नेपाली श्रमिकको पहिलो रोजाइ यो मुलुक परेको वैदेशिक रोजगार विभागले जनाइएको छ ।

प्रकाशित मिति:August 1, 2023