आज बस्ने माओवादी बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने

  Sampatti News

August 2, 2023

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने नेताहरुले बताएका छन् । नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार विधान अधिवेशन मंसिरतिर र विशेष महाधिवेशन चैतभित्र गर्ने प्रस्ताव छ । यद्यपि केन्द्रीय समिति बैठकले त्यो मितिलाई अन्तिम टुंगो लगाउने छ ।
माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा आजदेखि सुरु हुँदै छ । सो बैठकले विधान अधिवेशन र विशेष महाधिवेशनको मिति टुंगो लगाउने छ ।
केन्द्रीय समिति बैठक अघि आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाबारे जानकारी गराएका थिए । सो एजेण्डामा विधान अधिवेशन र विशेष महाधिवेशनको समेत प्रस्ताव छ ।

प्रकाशित मिति:August 2, 2023