समृद्ध र हरियो नेपाल बनाउने लक्ष्यबाट सरकार पछि हट्दैन ः वनमन्त्री महतो

  Sampatti News

August 6, 2023

काठमाडौँ ।आइतवार राउण्ड टेबल नेपालको आयोजनामा काठमाडौँको टेकुमा आयोजित १ लाख वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले वृक्षारोपण गर्ने गरिए पनि त्यसको संरक्षण चुनौती बनेको बताए ।
वन तथा वातावरण मन्त्री डा.बीरेन्द्रप्रसाद महतोले वन संरक्षण ठूलो चुनौतीको रूपमा रहेको बताएका छन् । उनले भने ‘ वन लगाउन सफल भयौँ तर अब त्यसको संरक्षण कसरी गर्ने भन्ने कुरा ठूलो चुनौतीको रूपमा रहेको छ । अहिले पनि जङ्गल भित्र काठहरू छन्। त्यसका्े प्रयोग गर्न सकिरहेका छैनौँ । बाहिरबाट काठहरू मगाउनु परिरहेको छ । समृद्ध र हरियो नेपाल बनाउने तपाईँहरूको सोच र लक्षका कार्यहरू छ त्यसबाट सरकार पछि हट्दैन् । तपाईँहरूले जुनसुकै वेला पनि तपाईँहरूलाई चाहिएको सहयोग गर्न तयार छौं । म तपाईँहरू सँग छु ।

मन्त्री महतोले बनलाई पनि रोजगारीसँग जोडिने बनाउनु पर्ने बताएका छन् । बन तथा बन भित्र रहेका वन्यजन्तुहरुप्रति भएको द्धन्दहरुलाई न्यूनीकरण गर्न आवश्यक भएको उनको भनाइ छ ।

प्रकाशित मिति:August 6, 2023