नेपालका शम्भूप्रसादद्वारा डब्लूएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दर्ता

  Sampatti News

August 7, 2023

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालको तर्फबाट शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । नेपाल सरकारको निर्णय अनुसार आचार्यले उक्त पदमा उम्मेदवारी दिएका हुन् । नेपाल सरकारले २०२३, जुन २३ मा डब्लूएचओलाई पत्राचार गर्दै नेपालको तर्फबाट क्षेत्रीय निर्देशकको पदमा आचार्यको उम्मेदवारी दिएको हो । डब्लूएचओले सन् २०२३ अप्रिल २१ मा उक्त पदको उम्मेदवारीको लागि दक्षिण(पूर्वी एसिया क्षेत्रका मुलुकहरूलाई पत्राचार गरेको थियो । त्यसको दुई महिनापछि नेपालले आफ्नो उम्मेदवारी प्रस्तुत गरेको हो । उक्त क्षेत्रीय निर्देशक पदको लागि आचार्यसँगै बंगलादेशबाट साइमा वाजेद होसनको पनि उम्मेदवारी परेको छ । आगामी अक्टोबर ३० देखि नोभेम्बर २ सम्म हुने डब्लूएचओको क्षेत्रीय समिति बैठक हुनेछ । अक्टोबर ३१ मा उक्त पदका लागि निर्वाचन हुनेछ । न्ड र टिमोर–लिस्टे छन् ।

प्रकाशित मिति:August 7, 2023