इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

  Sampatti News

August 10, 2023

काठमाडौँ । दक्षिण अमेरिकी देश इक्वेडरमा आगामी राष्ट्रपति निर्वाचनका एक उम्मेदवारको चुनावी र्‍यालीका क्रममा हत्या भएको छ।

त्यहाँको राष्ट्रियसभाका सदस्यसमेत रहेका फर्नान्डो भिलाभिसेन्सियोको उत्तरी सहर क्विटोमा गोली प्रहारबाट हत्या भएको हो। उनको अभियानका एक सदस्यले ५९ वर्षीय भिलाभिसेन्सियो कारमा रहेका बेला एक व्यक्तिले गोली प्रहार गरेको बताएका छन्।

उनलाई गोली प्रहार गर्ने व्यक्ति पनि प्रहरीको गोली लागेर मारिएको बताइएको छ । इक्वेडरमा आगामी २० अगस्टमा राष्ट्रपति पदको पहिलो चरणको निर्वाचन हुँदैछ। वर्तमान राष्ट्रपति गुईलेर्मो लास्सोले उक्त घटनाले आफूलाई आक्रोशित र स्तब्ध बनाएको भन्दै घटनामा संलग्नहरुविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

इक्वेडरमा लागूऔषध उत्पादक र सरकारबीचको द्वन्द्वले हिंसाका घटना अत्यधिक बढेको बीबीसीले जनाएको छ। आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवारहरूले लागूऔषध नियन्त्रणलाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन्। भिलाभिसेन्सियोले भ्रष्टाचार र लागूऔषध नियन्त्रणलाई प्रमुख मुद्दा बनाएका थिए।

प्रकाशित मिति:August 10, 2023