आज बजारमा सुनको मूल्यमा के–कतिले घट्बढ् रहेको छ ?

  Sampatti News

August 10, 2023

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ७०० सय रुपैयाँले घटेर १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुन तोलाको १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:August 10, 2023