काँग्रेस सांसद शर्मा पक्राउ

  Sampatti News Online

August 11, 2023

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई मण्डिखाटार निवासबाटै आज (बिहीवार) दिउँसो पक्राउ गरेको हो ।

शर्माले केही दिन अघि सदनमा सुन तस्करी प्रकरणमा अर्थ मन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध अभिव्यक्ति दिएका थिए ।
शर्माले सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।

आफूलाई डा बताउँदै आएका शर्माको प्लस टुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको बताइएको छ । उनले बिहार इन्टरमिडियट काउन्सिलबाट जारी भएको शैक्षिक प्रमाणपत्र नक्कली भएको बताइएको छ ।

शर्माले केही बर्ष अगाडि मात्रै काठमाडौं मेडिकल कलेज खरिद गरेका थिए । यस अघि विराट मेडिकल कलेज चलाउँदै आएका थिए ।मेडिकल व्यवसायी समेत रहेका शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रकाशित मिति:August 11, 2023