पाँच वर्षदेखि खानेपानी आयोजना अधुरै

  Sampatti News

August 11, 2023

काठमाडौँ । रु. ३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन छ पटकसम्म फुस्कियो । कङ्क्रिटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर कङ्क्रिट पोलसहित पाइप फुस्किँदा आयोजनाको डिजाइनमै त्रुटि रहेको पाइएको छ । पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ भने परीक्षणमै समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारवासीले सहज ढङ्गले खानेपानी पाइने भयो भन्ने आशामा थिए । तर भौगोलिक अवस्थाका कारण परीक्षणका लागि काठेखोलाको पानी लिफ्टमार्फत तान्दा विभिन्न छ स्थानमा पाइप फुस्किएको छ । परीक्षण नै असफल भएपछि अहिले खानेपानीको पाइप लाइनको विषयमा विज्ञ समूहले अध्ययन गरिरहेको पाइएको छ । पटक–पटक म्याद थपेर सम्पन्नताको चरणमा पुगेको खानेपानी आयोजनाको पाइप फुस्कने समस्याले आयोजनाको पाइप लाइनको डिजाइनमै समस्या देखिएको छ । खानेपानी आयोजनाको पाइप लाइनको डिजाइनमा अहिले राखिएको पाइप उपयुक्त नभएको भन्दै आफूले पटक(पटक आवाज उठाउँदासमेत सुनुवाइ नभएको स्थानीय रुद्र महतले बताए । आयोजनामा अहिले डिआइ पाइप प्रयोग गरिएको छ जुन पानी तान्ने क्रममा पटक(पटक वासरबाट कङ्क्रिटको पोलसहित फुस्केको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ । बागलुङ नगरपालिका(३ स्थित काठेखोलाको पानी कैलाम पोखरीबाट दुई सय ५० मिटरमाथि रातामाटामा पुर्‍याउने गरी आयोजना अन्तिम चरणमा पुगे पनि पाइप लाइनमा त्रुटि देखिँदा आयोजना थप अन्योल बनेको छ ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले निरन्तर पहिरो खसिरहने भूगोलमा डिआइ पाइप उपयुक्त नहुने उल्लेख गर्दै पाइप खरिद गर्नुभन्दा पहिला खानेपानी तथा ढल विभागमै पत्र पठाएको बताए । हाल खानेपानी ल्याइरहेको मुहानको खानेपानीमा समेत उक्त पाइप पटक–पटक फुस्केर दुःख दिइराखेको अनुभव रहेको र लिफ्ट आयोजनाको उक्त पाइप परिवर्तन नभए मर्मतसम्भार गर्नसमेत पछि समस्या पर्ने उनले बताए ।

“लिफ्ट आयोजना सम्पन्नताको चरणमा पुगिसकेको थियो, परीक्षणका लागि पानी सञ्चालनसमेत गर्‍यो, लिफ्ट चलाएको पाँच(दश मिनेटमै पाइप लाइन जोडेको स्थानबाट वासरसहित फुस्किएर कङ्क्रिट पोल नै भत्काउँछ”, शर्माले भने, “छ पटकसम्म पाइप फुस्केपछि हामीले पूर्वानुमान गरेजस्तै भयो, हाम्रो माग स्टिल पाइप थियो तर डिजाइनमा भएको पाइप निर्माण व्यवसायीले हाले, अहिले उक्त पाइप लाइनबाट पानी चल्न छोड्यो ।”

उपभोक्ता संस्थाको तदर्थ समितिका अध्यक्ष जयराम भारीले डिआइ पाइप पटकपटक फुस्केका कारण वैकल्पिक रूपमा सानो जिआइ पाइप जोडेर खानेपानी रातमाटा पुर्‍याइएको जानकारी दिए । बागलुङकै ठूलो लिफ्ट आयोजनाका रूपमा रहेको बागलुङ नगर बृहत् लिफ्ट आयोजनाको सम्पन्न हुने समयमा पाइप लाइनमा त्रुटि देखिँदा आम उपभोक्तामा पुनः निराशा छाएकाले वैकल्पिक रूपमा सानो पाइपबाट भए पनि पानी वितरण गर्न थालेको भारीले जानकारी दिए ।

वि.सं २०७५ असार ३१ गते कन्काइ जयमाता जेभीले २०७७ सालमा निर्माण सक्ने गरी रु. ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले चार पटक म्याद थप्दासमेत आयोजनास्थलको भौगोलिक कठिनाइ र कोरोना त्रासका कारण निर्माणमा ढिलाइ भएको दाबी गर्दै आएको छ । लिफ्ट आयोजनाको लागत अहिले बढेर रु ३४ करोड ५६ लाख पुगेको निर्माण व्यवसायीतर्फका इन्जिनियर विक्रम अधिकारीले बताए । अधिकारीले विभागले दिएको डिजाइनअनुसार काम सम्पन्न गर्नेतर्फ पुग्दासमेत पाइप लाइन पटक(पटक फुस्किँदा पानी माथि पुर्‍याउन नसकिएको बताए ।

“निर्माण व्यवसायीले विभागले दिएको डिजाइनअनुसार खानेपानी आयोजना निर्माण गर्ने हो, हामीले खानेपानीको प्रशोधन कक्ष, विद्युतीय जडान र खानेपानी ट्याङ्कीसहित पाइप लाइनसमेत विस्तार गरिसकेका थियौ” उनले भने, “परीक्षणका क्रममा पटक(पटक खानेपानीको पाइप लाइन फुस्किएर पानी तान्न सकेन, विभागले समस्याको विषयमा अध्ययन गर्न पठाएको थियो, आयोजना निर्माण भइसकेको छैन, निर्माण व्यवसायीले डिजाइनमा दिइएको पाइप जडान गरेका थियौ तर पाइपपाँच वर्षदेखि खानेपानी आयोजना अधुरै ।

प्रकाशित मिति:August 11, 2023