महानगरले भत्कायो पशुपति क्षेत्रको अनधिकृत संरचना

Nepal Cover
२६ श्रावण २०८०, शुक्रबार
image

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपतिको भण्डारखाल क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन थालेको छ ।

नगर प्रहरीका अनुसार पशुपति क्षेत्र विकास कोष अन्तर्गत नक्सा पास विना निर्माण भएको र पशुपतिको मापदण्ड विपरीत बनेका संरचनाहरू भत्काएको हो ।

यस्तै नक्सा पास विना बनेका पुराना १२ वटा साना पक्कीघरहरु पनि महानगर प्रहरीले भत्काइरहेको जनाइएको छ । ।

केही समय अगाडि काठमाडौँ महानगरपालिका वडा नम्बर ८ ले पशुपति क्षेत्रको जग्गामा बनेको अनधिकृत संरचना हटाउन सूचना जारी गरेको थियो । सूचनालाई अटेर गरेको भन्दै महानगरले अनधिकृत संरचना भत्काउन सुरु गरेको हो ।