सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ

Nepal Cover
२६ श्रावण २०८०, शुक्रबार
image

काठमाडौँ । झन्डै एक सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रोहन अडुकिया छन्। आजै भारतबाट फर्किएका उनलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ।

उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्।

उनलाई राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको स्रोतले जनाएको छ।