सिम्रिक एयरले भन्यो–प्राधिकरणले आफ्नो अधिकारको दुरुपयोग गर्‍यो

Nepal Cover
२६ श्रावण २०८०, शुक्रबार
image

काठमाडौँ । सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ ।

प्राधिकरणले शुक्रबारदेखि लागु हुने गरी सिम्रिकका सबै हेलिकप्टर ग्राउण्डेड गराएको थियो ।

सम्बन्धित समाचार ः प्राधिकरणद्वारा सिम्रिक एयरको सबै उडानमा रोक

सो निर्णयप्रति असहमति राख्दै सिम्रिकले बदनीयतपूर्ण तरिकाले पूर्वाग्रहीढुंगले प्रतिशोध साध्ने उद्देश्यसहित यस्तो निर्णय गरेको आरोप लगाएको छ ।

सिम्रिकका अनुसार २१ साउनमा ७ दिनको समय दिएर प्राधिकरणबाट हिसाब मिलान गर्न पत्र आएको थियो ।

तर, त्यो समय सकिनु अगाडि नै प्राधिकरणले सूचना सार्वजनिक गरेको भन्दै आक्रोश पोखेको हो ।

सिम्रिक एयरका अध्यक्ष समेत रहेका वायुसेवा सञ्चाल सङ्घका अध्यक्ष रामेश्वर थापाले प्राधिकरणका निर्णयमा असहमति जनाएका कारण व्यक्तिगत रूपमा लक्षित गरी प्राधिकरणले संस्थाको गरिमाप्रति भ्रम सिर्जना गरेको आरोप समेत सिम्रिक एयरले लगाएको छ ।

प्राधिकरणलाई तिर्नुपर्ने रकम हिसाब मिलानका क्रममा रहेको समेत सिम्रिकले दाबी गरेको छ ।