August 13, 2023
काठमाडौँ । राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् ।
राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० लाई बुझाएको थियो ।
केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले भने(‘अनुसन्धानका क्रममा उनीहरूलाई अहिल्यै थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने गरी छाडेका छौँ’, । उनीहरूसँगै व्यवसायी राकेश अडुकिया पनि थुनामुक्त भएका उनले जानकारी दिए ।
राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको १५५ किलो सुनसहितको ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसको १९ दिनपछि यसमा सङ्गठित अपराधको कसुर आकर्षित हुने देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो । राजश्वको पत्रका आधारमा अध्यागमन विभागले शुक्रबार रोहन अडुकियालाई पनि पक्राउ गरेको थियो ।
प्रकाशित मिति:August 13, 2023