लागु औषध गाँजासहित दुईजना प्रहरीको नियन्त्रणमा

  Sampatti News

August 13, 2023

काठमाडौँ । लागु औषध गाँजासहित दुई जनालाई सिन्धुलीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय भिमानमा चेकजाँच गर्ने क्रममा विआर ०६ पा ६१८४ नम्बरको भारतीय नम्बर प्लेटको स्कारपियोसहित प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

गौर नगरपालिका–५ रौतहट बस्ने अभयकुमार गुप्ता र गौर नगरपालिका –७ रौतहटका विकास प्रसाद यादव र लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको स्कारपियो गाडी विपि राजमार्गअन्तर्गत भिमानमा चेकजाँच गर्नेक्रममा छतमा प्याक गरेको अवस्थामा १ सय ३३ दशमलव ९८८ किलो गाँजा फेला परेपछि प्रहरीले गाडीसहित चालक यादव र त्यसमा सवार गुप्तालाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरी दाहालले बताए ।

प्रकाशित मिति:August 13, 2023