सिँचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायी पक्राउ

Nepal Cover
२८ श्रावण २०८०, आईतवार
image

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले जानकारी दिए । ‘एक बजेसम्म धर्नाको कार्यक्रम थियो, तालाबन्दी गरिसकेर धर्नामा बसिरहेका बेला प्रहरीले धरपकड गर्‍यो,’ उनले भने ।

उनले आफूसहित वरिष्ठ उपाध्यक्ष एडी लामा, उपाध्यक्ष प्रकाश सेट्टी, खिमप्रकाश मल्ल, उपमहासचिव नरहरी थपलिया, सहकोषाध्यक्ष सन्तोष साह लगायत ५० जना जति निर्माण व्यवसायीहरु जावलाखेल प्रहरीमा रहेको जानकारी दिए ।

बाँकी रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका माग राखेर निर्माण व्यवसायीहरु १४ साउनदेखि निरन्तर आन्दोलनमा छन् । उनीहरूले सडक विभागमा पनि तालाबन्दी गरेका थिए ।