August 13, 2023
काठमाडौँ । चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेको छ ।
डा। गोविन्द केसी र चिकित्सा शिक्षा ऐनका कारण नर्सिङ कलेजहरू बन्द भएको भन्दै आइतबार माइतीघरमा भेला भइ नर्सिङ कलेज सञ्चालकहरू, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूले र्याली निकालेका हुन् ।
आज नर्सिङ कलेज सञ्चालकहरूले सबै शिक्षण संस्था बन्द गरेका छन् ।
समितिले बिहीबार १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमबाट आफूहरूको माग सम्बोधन नभएको भन्दै तेस्रो चरणमा शान्तिपूर्ण सडक आन्दोलन घोषणा गरी कलेजहरू बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन् ।
देशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी सञ्चालन गर्नेतर्फ राज्यलाई दबाब दिन समितिले असार ७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।
प्रकाशित मिति:August 13, 2023