सुन धेरै तस्करी हुन थाल्यो कर तिरेर खुला गर्ने व्यवस्था गरौँः देउवा

Nepal Cover
२९ श्रावण २०८०, सोमबार
image

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुन बढी तस्करी हुन थालेकाले राज्यले पनि त्यहीअनुसार सोच्नुपर्ने बताएका छन् ।

आजको संसदीय दलको बैठकमा उनले सुन धेरै तस्करी हुन थालेकाले कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएको एक सांसदले जानकारी दिए ।

त्यसो गर्दा यसले तस्करीको बाटो रोकिने देउवाको धारणा छ ।