August 15, 2023
काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।
गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाकाले जनाएको छ । मङ्गलवार बिहान साढे १० बजेबाट सुन गाल्न सुरु गरिएको थियो ।
यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । पगालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।
प्रकाशित मिति:August 15, 2023