August 16, 2023
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा संसद अवरोधलगायतका विषयमा बुधबार दिउँसो छलफल भएको ओली निकट स्रोतले जनाएको छ ।
सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ । प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
यसै सन्दर्भमा राष्ट्रपति पौडेलले संसदको अवरोधबारे चासो राख्दै प्रधानमन्त्री र विपक्षी दलका नेतासँग भेट गरेका हुन् । पौडेलले प्रधानमन्त्री प्रचण्डसँग २५ साउनमा भेट गरेका थिए ।
प्रकाशित मिति:August 16, 2023
November 25, 2024