विभागद्वारा दुई मेनपावरलाई चार लाख रुपैयाँ जरिबाना

  Sampatti News

August 16, 2023

काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले म्यापिटल रिक्वायरमेन्ट सर्भिस र इगल मेनपावर मेनपावर कन्सलटेण्टलाई कारबाही गरेको हो ।

विभागले रिक्वायरमेन्ट सर्भिस र इगललाई दुई लाख रुपैयाँका दरले चार लाख रुपैयाँ जरिबाना गरेको हो । यी मेनपावरले विभागबाट स्वीकृतिविना अवैध रूपमा फेसबुकबाट विज्ञापन गर्दै पासपोर्ट सङ्कलन गरेको बताइएको छ ।

यसैगरी, वैदेशिक रोजगार ऐनको दफा ४३ विपरीत वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल ९फेसबुक, टिकटक० मा प्रकाशन गरी सर्वसाधारणमा भ्रम सृजना गर्ने सुयान एजुकेशन प्रा।लि।, ललितपुर र एलाईट टू वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टर, ललितपुरको स्थलगत अनुगमन गरी थप विषयमा अनुसन्धान कार्य जारी रहेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति:August 16, 2023