सुदूरपश्चिम विश्वविद्यालयले माग्यो कर्मचारी

Nepal Cover
१ भाद्र २०८०, शुक्रबार
image

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयले करारमा नियुक्ति गर्ने गरी कर्मचारी माग गरेको छ ।

विश्वविद्यालयले स्वास्थ्य विज्ञान सङ्काय अन्तरगत डडेलधुरा मेडिकल कलेजका लागि पदपूर्ति गर्ने गरी शुक्रबार दरखास्त आह्वान गरेको हो ।

जसअनुसार सहप्राध्यापकसहित विभिन्न विषयका लागि उपप्राध्यापकको माग भएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले भदौ १५ भित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।