मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट

  Sampatti News

July 21, 2020

काठमाडौँ । सेयर बजारमामा मंगलबार दोहोरो अंकको गिरावट आएको छ।

बजारमा गिरावट आएसँगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्से मापन गर्ने सूचक १४ दशमलव ९९ अंकले घटेर परिसूचक १ हजार ४ सय ४९दशमलव ९४ बिन्दुमा रोकिएको छ ।

आज कूल १ सय ८५ कम्पनीको ४९ लाख ७६ हजार ४ सय ८८ कित्ता सेयर १ अर्ब ८७ करोड २२ लाख २० हजार ४ सय ४७ रुपैयाँको सेयर किबनेच भएको छ।

कारोबारमा बैंकिङ समूहको २० दशमलव ७५, विकास बैंक १३ दशमलव ०३, जलविद्युत कम्पनी २१ दशमलव ४५, निर्जीबन बीमा ३१ दशमलव १८, माइक्रोफाइनान्स ७ दशमलव ०२, जीवन बीमा समूहको उपसूचक १ सय ९ दशमलव १२ अंकले घटेको छ। यस्तै होटल २१ दशमलव ८४, टे«डिङ २१ दशमलव ८४ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ७४ दशमलव ६४ अंकले घटेको छ।

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, श्री राम सुगर मिल्स, समृद्धि फाइनान्स, सोल्टि होटल, यूनिलिभर नेपालका लगानीकर्ताले कमाउँदा हिमाल दोलखा हाईड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, घोडाघोडी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित मिति:July 21, 2020