August 18, 2023
दाङमा जंगली विषालु च्याउ खाएर आमा-छोरीको मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीको उपचारका क्रममा मुत्यु भएको हो ।
च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।
११ वर्षीया छोरी अस्मिता सुनारको बुधबार नै उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।
प्रकाशित मिति:August 18, 2023
November 25, 2024