काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको स्वीप अप्रेसन प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका १३ एकान्तकुनास्थित कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक हैरानी, सास्ती र अवरोध सिर्जना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।
परिसरका अनुसार प्रहरी वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान भइरहेको छ ।