संसद् बैठकअघि सभामुखले सत्तारुढ र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गर्ने

  Sampatti News

August 20, 2023

काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

त्यसका लागि सभामुख घिमिरेले आइतबार बिहान बिहान ११ बजे सिंहदरबारमा प्रमुख सचेतकहरूलाई बोलाएका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । त्यसअघि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि नेताहरूलाई सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

छलफलका लागि सत्तापक्षबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ ।

तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार सदन अवरोध गर्दै आएको छ । एमालेको माग अनुसार सत्तापक्ष आयोग गठन गर्न तयार छैन । जसका कारण लामो समयदेखि संसद् बन्धक जस्तै बन्दै आएको छ ।

प्रकाशित मिति:August 20, 2023