पेस्तोलसहित सर्लाहीबाट २ जना पक्राउ

  Sampatti News

August 20, 2023

काठमाडौँ । सर्लाहीमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका–६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो ।

उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका–६ हुँदै भारतबाट नेपाल आउँदै थिए ।

चेकजाँचका क्रममा पेस्तोल र गोली भेटिएपछि उनीहरू पक्राउ पेका हुन् । उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ ।

बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।

प्रकाशित मिति:August 20, 2023