प्रधानमन्त्रीले बोलाएको बैठक पनि निष्कर्षविहीन

  Sampatti News

August 20, 2023

काठमाडौँ । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

१० साउनदेखि संसद अवरुद्ध छ । सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ले संसदमा भएका प्रमुख दलहरूको बैठक बोलाएका थिए । सिंहदरवारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान लिएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

सीआईबीले पाएको समय अब दुई साता मात्र छ ।

प्रकाशित मिति:August 20, 2023