प्रतिनिधि सभा बैठक स्थगित

  Sampatti News

August 20, 2023

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा दलहरूबीच कुरा नमिलेपछि आज १ बजेका लागि बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

संसद सचिवालयको महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै मङ्गलवार ३ बजे बस्ने जनाइएको छ ।

संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलहरूबीचको सिंहदरबार छलफलमा पनि कुनै सहमति भएन । सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको अडान काममै राखेपछि भोलि फेरि बस्नेगरी आजको बैठक सकिएको छ ।

एमालेले साउन १० गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

प्रकाशित मिति:August 20, 2023