सचिव बैठक सकियो

  Sampatti News

August 21, 2023

काठमाडौँ । नेपाल सरकारका सचिवहरूको बैठक सकिएको छ । बिहान ९ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक केही बेर अघि मात्रै सकिएको हो । मुख्य सचिव वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठक लामै समय चलेको छ ।

आजको बैठकमा मुख्य गरी निजामती सेवा दिवसका बारेमा छलफल भएकोले लामो समय लिएको हो । त्यसबाहेक यसअघि झैँ मन्त्रालयका कामकारबाहीलाई प्रभावकारी बनाउने, अघिल्ला बैठकका निर्णय कार्यान्वयन गर्ने, गुनासो व्यवस्थापन समयमै गर्नेलगायतका एजेन्डाहरूबारे छलफल भएको एक सचिवले बताए ।

प्रकाशित मिति:August 21, 2023