पहिचानका आधारमा प्रदेशका नामकरण भए समाजको द्वन्द्व हट्छः गगन थापा

  Sampatti News

August 21, 2023

काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले पहिचानका आधारमा प्रदेशको नामकरण भए समाजका द्वन्द्व हट्ने बताएका छन् । महामन्त्री थापाले प्रदेशको नामकरणको विषयमा प्रदीप गिरिले दिएको विचारसँग काँग्रेस सहमत हुन सके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका हुन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित गिरिको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको बताए ।

पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मका लागि रोक्न सकिने स्व। गिरिको विचार काँग्रेसजस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने महामन्त्री थापाले बताए । गिरिको विचारलाई जम्मा गरेर काँग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि काँग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने महामन्त्री थापाको भनाइ छ ।

प्रकाशित मिति:August 21, 2023