July 21, 2020
काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ३ सचिवहरुको सरुवा गरेको छ, भने केहिलाई पदस्थापन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा र पदस्थापन गरेको हो।
हरिप्रसाद बस्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्। प्रशासन श्रोतलाई प्राप्त प्रारम्भिक सूची अनुसार बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, बाग्मती प्रदेशका प्रमुख सचिव तोयम रायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ ।
त्यसै गरी युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।
त्यस्तै केही दिन अघि बढुवा गरेका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिव र मान बहादुर विकलाई बाग्मती प्रदेशको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति:July 21, 2020
April 16, 2025
April 16, 2025