विमानस्थलको उडानमा प्रभावित

  Sampatti News

August 21, 2023

काठमाडौँ । उडान समयभन्दा एक घण्टा अघि नै सवारी पासको व्यवस्थापन गर्नुपर्नेविशिष्ट (भीआईपी) तथा अति विशिष्ट (भीभीआईपी) को सवारीको बेला प्रयोग हुने सवारी साधनको विवरण तथा पासको व्यवस्थापन उडान समयभन्दा एक घण्टा अघि नै गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचना प्रकाशित गरेको छ ।

भीभीआईपी र भिआइपीहरूको आवागमन सहज बनाउन उडान समयभन्दा एक घण्टा अघि नै आन्तरिक टर्मिनल भवनमा सवारी साधनसहितको विवरण तथा पास लिन अनुरोध गरिएको हो ।

साथै सोही समयमा एयरलाइन्स चेकइन, लगेजरसुरक्षा जाँचको व्यवस्था मिलाउन पनि भनिएको छ ।

अति विशिष्टको सवारीमा प्रयोग हुने सवारीसाधनको हकमा र्‍याम्प सुरक्षा पालना हुने गरी र्‍याम्पसम्म सुरक्षा स्कर्टसहितको आवागमनको व्यवस्था मिलाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आन्तरिकतर्फ भीभीआईपी र भीआईपी निषेधित क्षेत्र आवागमन व्यवस्था सम्बन्धी कार्यविधि २०८० मा समेत सो कुरा उल्लेख भएकाले कार्यविधि पालना गर्न टी–आईएले भनेको छ ।

प्रकाशित मिति:August 21, 2023