३४ वर्षअघि चौथो महाधिवेशन भएको घरमा एमालेको सचिवालय बैठक बस्ने

  Sampatti News

August 21, 2023

नेकपा एमालेले सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राख्ने तयारी अघि बढाएको छ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार तत्कालीन नेकपा (माले)द्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ३४ वर्षपछि त्यही स्थानमा एमाले सचिवालय बैठक बस्दैछ।

२०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म पाँच दिनसम्म चौथो महाधिवेशन भएको थियो। उक्त झलनाथ खनाललाई बिदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिव चयन गरेको थियो। त्यसअघि ०३९ सालमा मालेको महासचिवमा सीपी मैनालीलाई बिदा गर्दै खनाल चयन भएका थिए।

‘नेकपा (माले)द्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ठीक ३४ वर्षपछि त्यसै दिन, त्यही हलमा नेकपा ९एमाले० केन्द्रीय सचिवालयको बैठक बस्ने तयारी हुँदैछ,’ ज्ञवालीले भनेका छन्।

इतिहास र वर्तमानलाई जोड्ने तथा विरासतलाई अझ सुदृढ गर्नेगरी पार्टीले यो प्रयास गरेको पनि उनले बताएका छन्।

आगामी भदौ ९ गते उक्त स्थानमा पुगेर सचिवालय बैठक बस्न लागिएको हो।

कम्युनिस्ट पार्टीलाई विभाजित गर्ने चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म विष्णुपुरकट्टी, सर्रे अम्बासमा चौथो राष्ट्रिय महाधिवेशन गरेको थियो।

प्रकाशित मिति:August 21, 2023