आज सुनको मूल्यमा के–कति रहेको छ

  Sampatti News

August 23, 2023

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति:August 23, 2023