पाकिस्तान पुग्यो नेपाली क्रिकेट टोली

  Sampatti News

August 23, 2023

काठमाडौँ । एसिया कप खेल्न गएको नेपाली क्रिकेट टोली पाकिस्तान पुगेको छ। आज बिहान नेपाली टोली पाकिस्तानको कराँची पुगेका हुन् । उनीहरूलाई पाकिस्तानमा माला लगाएर जुस पिलाएर स्वागत गरेको थियो ।

पाकिस्तान पुगेको टोलीमा स्पिनर सन्दीप लामिछाने भने छैनन् । एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टिम चाँडै गएका हुन् । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् ।

प्रकाशित मिति:August 23, 2023