अब हजारको नोटमा राम—लक्ष्मण हात्तीको चित्र

  Sampatti News Online

July 22, 2020

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको एक हजारको नयाँ नोट निष्कासन गर्ने भएको छ।

केन्द्रीय बैंकले म‌गलबार एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो। नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो।

बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुई वटा हात्तीको फोटो हुनेछ।’ यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ।

नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ।

प्रकाशित मिति:July 22, 2020