बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

Nepal Cover
८ भाद्र २०८०, शुक्रबार
image

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको मन्त्रिपरिषद् पुनः गठन एवं कार्यविभाजन गरेका गरेका छन् ।

मन्त्रिपरिषद्लाई लिएर गठबन्धन दलहरू भित्र आन्तरिक विवाद बढ्दै गएका बेला मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद्को कार्य विभाजन हेरफेर गरेका हुन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार गरेका छन् ।

जसअनुसार बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्रालय, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्रालय, कुमारी मोक्तान सामाजिक विकास मन्त्रालय, युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्रालय, तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

रामकृष्ण चित्रकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी मन्त्रालय, लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालय, पुकार महर्जनलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ ।