राष्ट्रपति पौडेल समक्ष नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भेट

  Sampatti News

August 25, 2023

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनीवासमा शुक्रबार राष्ट्रपति र गभर्नर अधिकारीबीच कुराकानी भएको हो । भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराएको राष्ट्रपतिका निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:August 25, 2023