कांग्रेसका सातवटै प्रदेशका सभापतिहरुको भेला भदौ १६ र १७ गते पोखरामा हुने

Nepal Cover
८ भाद्र २०८०, शुक्रबार
image

पोखरा । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ ।

नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिए।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा हुने भेलाको उद्घाटन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको उनले बताए। भेलामा प्रदेश समितिको भूमिका एवं पार्टीको संस्थागत विकासलगायतमा छलफल हुने जनाइएको छ ।