ओलीवादी हुने एमालेको प्रवृत्ति हो ःघनश्याम भुसाल

  Sampatti News

August 25, 2023

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा, निन्दा, गालीगलौज र भर्त्सना परम्परा विकास भएको आरोप लगाएका छन् ।

नेकपा एसनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै महासचिव भुसालले पछिल्लो समय ओलीलाई माथ गर्ने ढङ्गले निन्दा र भर्त्सना गर्नेहरू नेपालको राजनीतिमा उदाइसकेको बताए ।

भुसालले भने, ‘कमरेड ओलीको उदयपछि नेपालको राजनीतिमा घृणा, निन्दाको भर्त्सना, गालीगलौजको संस्कृति परम्परा बन्दै गयो । ओलीलाई माथ गर्ने ढङ्गले निन्दा र भर्त्सना गर्नेहरू नेपालको राजनीतिमा उदाइसकेका छन् ।’

भुसालले ओलीले जे गरे अझै १५ वर्ष आफूले विद्यार्थीहरूलाई त्यसबारे पढाउने बताए । रास्वपा र स्वतन्त्र मेयरहरूप्रति लक्षित गर्दै भुसालले निन्दा र गालीगलौजबाट राजनीतिमा स्थापित हुने परम्परा विकास भएकाले अनेरास्ववियूले संस्कारसहितको राजनीतिको अभियान चलाउनुपर्ने बताए ।

प्रकाशित मिति:August 25, 2023