क्यान महासङ्घद्वारा ‘नेसनल आइसिटी–२०८०’को छात्रवृत्तिका लागी आवेदन खुल्ला

  Sampatti News

August 25, 2023

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले प्राविधिक शिक्षा तर्फ ‘नेसनल आइसिटी–२०८०’ को लागी आवेदन खुल्ला गरेको छ ।

विगत ४ वर्षदेखी छात्रवृत्ति प्रदान गर्दै आइरहेको महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

महासङ्घका अनुसार ‘नेसनल आइसिटी–२०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ ।

यो वर्ष पनि फिमेल मेरीट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट ४ जनाका २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिने छ भने आइसिटी मेरीट स्कलरसिप अन्तरगत प्रत्येक प्रदेशबाट थिन जनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

क्यान महासङ्घ र कलेजबीच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बरावरको छात्रवृत्ति पाउने बताइको छ ।

यस्तै छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले मलेसियाको एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह अन्तरगत विएससीआईटी अध्ययन गर्न पाउने क्यान महासङ्घले जनाएको छ ।

छात्रवृत्तिका लागी आवेदन दिन नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट प्लस टु वा सोसरह उत्तीर्ण गरेका र कक्षा १० के गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याएको हुनपर्नेछ । भने हाल कक्षा १२ को परीक्षा कुरेर बसेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन् ।

छात्रवृत्तिका लागी इच्छुक विद्यार्थीहरूले क्यान महासङ्घको वेबसाइट डब्ल्यु डब्ल्यु डब्ल्यु डट क्यान डट ओआरजी र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट डब्ल्यु डब्ल्यु डब्ल्यु डट आर्ईबीइएफ डट ओआरजी मार्फत यही भदौ ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

क्यान महासङ्घले राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गराउने कलेजहरूको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीहरूको लागी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो छात्रवृत्ति काठमाडौँको मैतीदेवी स्थित दुई दशक बढी लामो समयदेखि सूचना प्रविधि विषयमा अध्यापन गराउँदै आएको कलेज लर्डबुद्ध एजुकेसन फाउडेसनसँगको सहकार्यमा सुरु गरिएको हो ।

यो छात्रवृत्ति मार्फत यस वर्ष पनि ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको क्यान महासँगले जनाएको छ ।

प्रकाशित मिति:August 25, 2023