सन्दीप लामिछानेको मुद्दाको पेशी आज

  Sampatti News

August 27, 2023

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज (आइतबार)का लागि तोकिएको छ ।

उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक(पटक स्थगित हुँदै आएको छ । अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो ।

१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति:August 27, 2023