राष्ट्रिय सभा बैठक बस्दै

  Sampatti News

August 27, 2023

काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दै छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक आज दिउँसो १ बजे बोलाइएको छ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ।

यस्तै विधायन ब्यबस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेस गर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

साथै, बाधा अडकाउ फुकाउ आदेश पेस गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेस गर्नेछन् ।

प्रकाशित मिति:August 27, 2023