धरानमा हट्यो निषेधाज्ञा

  Sampatti News

August 27, 2023

काठमाडौँ । धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासन (सुनसरी) ले धरान उपमहानगर क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाएको छ ।

धरानका–२० वटै वडामा शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागू गरिएको थियो। स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटेसँगै बिहानै बाट धरानमा चहलपहल शुरु भएको हो ।

साम्प्रदायिक सद्भावना बिग्रियोस् भन्ने उद्देश्यले स्थानीय प्रशासनले शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो। जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञा सँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनीनगर–६ बाट बराह क्षेत्र नं.३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर–२० तरहरा पानी पियादेखि उत्तर धरानतर्फ, धरान–५ प्रवेश गर्ने पूर्वी केराबारी बाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट धरान तर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रकाशित मिति:August 27, 2023