एमेच्योर चेस प्रतियोगितामा सहभागी बुद्धिचाल टोली युएई जाँदै

  Sampatti News

August 27, 2023

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स चेस महासङ्घको आयोजनामा भाद्र ११ गते १७ गतेसम्म हुने एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार युएईको दुबईमा प्रस्थान गर्दै छन् ।

अफिसियल खेलाडीमा २०८० असार ९ गते देखि १३ सम्म धनगढीमा भएको पाचौँ राष्ट्रिय एमेच्योर खुला तर्फका विजेता दोलखाका आशिष फुयाल र महिला तर्फ विजेता कैलालीकी कुसुम पाण्डे रहेका छन् । अन्य खेलाडीमा धन बहादुर कैलाली बोगटी, भिमदत्त पाण्डेय, कनचन्पुर राजिव कार्की, दोलखा ,जित बहादुर केपछाकी, कैलाली , गोविन्दमान श्रेष्ठ दोलखा र भोजराज चौलागाई दोलखा रहेका छन् ।

आषिश फुइयाल २००० रेटेड तर्फ प्रतिस्पर्धा गर्नेछन् भने अन्य सबै खेलाडीहरुले १७०० मुनिको रटिङमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रकाशित मिति:August 27, 2023