मेरा लागि सबै धर्म बराबर ः हर्क साम्पाङ

Nepal Cover
१० भाद्र २०८०, आईतवार
image

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सबै धर्मलाई बराबर ठान्ने र उचित सम्मान दिने बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। स्ट्याटसमा ‘तिमि र म मा फरक’ भन्दै उनी लेख्छन्, ‘तिमी एउटा धर्मलाई प्रधानता दिन्छौ र अरु धर्मलाई कुल्चन खोज्छौ । म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु।’

उनले बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोजेको आरोपसमेत लगाएका छन् ।

उनी अगाडी लेख्छन्, ‘तिमी बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोज्छौ। म बाहिरका मान्छेलाई आकर्षित गरेर नगरकै बिकासमा श्रमदान गराउँछु ।’

केही दिनदेखि धरानमा समाजिक सद्भावमा खलल पुग्ने अवस्था आएपछि जिल्ला प्रशासनले शुक्रबार २४ घन्टे निषेधाज्ञा जारी गरेको थियो। जुन शनिबार राति १२ बजेबाट सकिएपछि धरान अहिले शान्त र सामान्य दैनिकीमा फर्किएको छ।