August 27, 2023
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिको सभापतिको उम्मेदवार टुङ्ग्याएको छ ।
एक नेताका अनुसार माओवादीबाट पूर्वाधार विकास समिति सभापतिका लागि माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदीलाई उम्मेदवार बनाइने छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सापकोटा र समानुपातिक सांसद विमलालाई उम्मेदवार बनाउने निर्णय भएको उनले बताए ।
प्रतिनिधि सभाका १० विषयगत समिति सभापतिका लागि आज उम्मेदवारी मनोनयन हुँदैछ ।
प्रकाशित मिति:August 27, 2023