August 27, 2023
काठमाडौँ । परराष्ट्र मन्त्रालयका तीन सहसचिवको एग्रिमो आएको छ । सरकारले राजदूतमा सिफारिस गरेका तीन सहसचिवको एग्रिमो आएको हो ।
फ्रान्सका लागि राजदूतमा सिफारिस भएका सुधिर भट्टराई, युनाईटेड अरब इमिरेट्स (यूएई)का लागि राजदूतमा सिफारिस भएका तेजबहादुर क्षेत्री र कुवेतका लागि सिफारिस भएका सहसचिव घनश्याम लम्सालका एग्रिमो सम्बन्धित देशले स्वीकृत गरी पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
अब उक्त एग्रिमो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएपछि राष्ट्रपतिले उनीहरूलाई राजदूत नियुक्त गर्नेछन् । त्यसपछि उनीहरू जिम्मेवारी सम्हाल्न सम्बन्धित देश जानेछन् ।
सरकारले केही दिनअघि परराष्ट्र मन्त्रालयका ६ सहसचिवलाई विभिन्न देश तथा नियोगको लागि राजदूतमा सिफारिस गरेको थियो ।
प्रकाशित मिति:August 27, 2023