ललिता निवास प्रकरणमा जग्गा जफत गर्न ५२ जनाविरुद्ध मुद्दा दर्ता

Nepal Cover
१० भाद्र २०८०, आईतवार
image

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । यो प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।

उनीहरूमाथि किर्तेको अभियोग छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ स्रोतले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जग्गा फिर्ताको मञ्जुरीनामा दिनेमाथि पनि मुद्दा नचल्ने राय दिएको थियो, तर सरकारी वकिल कार्यालयले उनीहरूलाई जग्गा जफतको प्रयोजनका लागि मात्र प्रतिवादी बनाउने निर्णय गरेको स्रोतको भनाइ छ ।