नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका जोशीको एकल उम्नेदवारी

Nepal Cover
११ भाद्र २०८०, सोमबार
image

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका सांसद प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा माननिय भानुभक्त जोशीको मात्र उम्मेदवारी परेपछी निर्वाचित हुने निश्चित भएको छ।

सोमबार ३ बजे हुने समितिको सभापति चयन गर्ने निर्वाचनका आज आव्हान गरिएको उम्मेद्धारी दर्ता कार्यक्रममा जोशीको मात्रै उम्मेद्धारी परेपछि उनले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति भन्ने निश्चित भएको हो ।

सांसद जोशी गत मंसिरमा सम्पन्न संघीय संसदको निर्वाचनमा बझाङ क्षेत्र नं. १ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्धार बनि विजयी भएका थिए ।

भोली हुने विभिन्न १० समितिको सभापतिहरुको निर्वाचनमा ९ वटा समितिमा एकल उम्मेद्धारी परेको छ भने एउटा समितिमा भने दुई जनाको उम्मेद्धारी परेको छ।

नेपाली कांग्रेसको तर्फबाट राज्य व्यवस्था समितिमा रामहरि खतिवडा, कृषि सहकारी तथा वातावरणमा डा. आरजु राणा देउवा र अर्थ समितिमा सन्तोष चालिसेको एकल उम्मेद्धारी परेको छ।

त्यसैगरी एमालेबाट महिला समिति किरण साह र लेखा समितिमा ऋषिकेश पोखरेल, माओवादीबाट कानून न्याय तथा मानव अधिकार समितिको सभापतिमा विमला सुवेदी, राप्रपाका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएका छन्।

जसपाका राजकिशोर यादवलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति बन्न एकल उम्मेद्धारी परेको छ। यता जनमतका अब्दुल खानले उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका छन्। सोही समितिको सभापतिको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको पनि उम्मेदवारी परेको छ।