अपर तामाकोशी हाइड्रोपावरको १५औं साधारण सभाको अवसर पारेर नाफा,नोक्सान,नगद प्रवाह गरी कार्यक्रम सम्पन्न

Nepal Cover
११ भाद्र २०८०, सोमबार
image

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको साधारण सभा बुधबार सम्पन्न भएको थियो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत कम्पनीको आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। लेखापरीक्षणको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८र७९ को नाफार नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्वीटीमा भएको परिवर्तन उपर छलफल गरी पारित गरेको छ ।

त्यस्तै सभाले लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९ र ८० का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरू लगायत अन्य संस्थाहरूलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णय र व्यवस्थापनलाई प्राप्त अख्तियारीभित्र रही आर्थिक वर्ष २०७८ र ७९ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले भदौ १८ गतेदेखि हकप्रद निष्काशन गर्दै छ । कम्पनीले १ः१ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर १ कित्ता शेयरका दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो ।